• २०७६ बैशाख १० मंगलबार

२२० केभी प्रसारणलाइन बनाउँदै विद्युत् प्राधिकरण, ग्लोबल टेन्डर आह्वान

मस्र्याङदी करिडोरबाट उत्पादन हुने विद्युत प्रवाहका लागि नेपाल विद्युत प्राधिकरणले लम्जुङको उदिपुरदेखि भरतपुरसम्म २२० केभी क्षमताको प्रसारणलाइन बनाउने भएको छ ।

प्रसारणलाइन बनाउन प्राधिकरणले बोलपत्र आब्हान समेत गरेको छ । अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) मार्फत प्रसारणलाइन निर्माण हुन लागेको हो । मस्र्याङदी करिडोर अन्र्तगतको प्रसारणलाइन आयोजनाको काम आगामी सन् २०२० को जुनसम्म सम्पन्न गर्ने प्राधिकरणले जानकारी दिएको छ ।

छनौट हुने ठेकेदारले प्रसारणलाइनको डिजाइन, निर्माण, आपूर्ति र सञ्चालनको काम गर्नुपर्ने छ । प्रसारणलाइनका लागि युरोपियन इन्भेष्टमेन्ट बैंकले ऋण सहयोग गर्ने भएको छ । दक्षिण एसियाली उपक्षेत्रिय आर्थिक सहयोग (सासेक) अन्र्तगत नेपालको ऊर्जा प्रणालीको विस्तार योजना अनुसार प्रसारणलाइन निर्माण हुन लागेको हो । जेठ १७ गते अर्थात ३१ मेसम्मलाई बोलपत्र पेश गर्न अन्तिम दिन तोकिएको छ ।

मस्र्याङदी नदीमा निर्माण भइरहेका ७० मेगावाटको मध्यमस्र्याङदी, ६९ मेगावाटको तल्लो मस्र्याङदी, ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए लगायत सञ्चालनमा रहेका साना ठुला र निर्माणका तयारीमा रहेका आयोजनालाई लक्षित गरी प्रसारणलाइन निर्माण गर्न लागेको हो ।

मस्र्याङदी–काठमाडौं प्रसारणलाइनको काम पनि अघि बढेको छ । विद्युत प्राधिकरणले यस वर्ष ५ ओटा लाइन र एउटा सबस्टेसन बन्ने जनाएको छ । चालू आव २०७५७६ को अन्त्यसम्म मुलुकभर निर्माणाधीनमध्ये ६ ओटा प्रसारण लाइन र सबस्टेसन बन्ने अपेक्षा प्राधिकरणले लिएको हो ।

यो करिडोर बनेपछि त्यसक्षेत्रका दर्जनभन्दा बढी साना ठूला जलविद्युत् आयोजना गरी सय मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने बाटो खुल्नेछ । डुम्रे—दमौली—मस्र्याङ्दी प्रसारण लाइन निर्माण भएपछि भोल्टेजमा सुधार हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार