• २०७६ श्रावण ६ सोमबार

मलेसियामाथि नेपालको सहज जित

नेपालले  यू-१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेसियामाथि ८ विकेटको जित हात पारेको छ ।

मलेसियालाई ९२ रनमा समेटेको नेपालले मात्र १३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । तर, यूएईले कतारलाई हराएका कारण नेपालको विश्वकप छनोटको सम्भावना भने कठिन देखिएको छ ।

नेपालका लागि ओपनर रित गौत्तमले अविजित ३९ रन बनाए । आशिफ शेखले २६ रन बनाउँदा अर्का ओपनर पवन सर्राफ १९ रनमा आउट भए ।

यसअघि आयोजक मलेसियाले बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गर्दै ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्रै बनाउन सक्यो ।

मलेसियाका तीन जना खेलाडी बाहेक अन्यले दोहोरो अंक पनि बटुल्न सकेन । लेजात ड्यानियल फिक्रीले ३७ रन बनाए । कप्तान मोहम्मद अमिरले १३ रन बनाउँदा हकिम हरिसानले १० रन बनाए ।

बलिङतर्फ नेपालका पवन सर्राफ र कुशल मल्लले समान ३-३ विकेट लिए भने कमलसिंह ऐरीले दुई विकेट लिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार