• २०७६ श्रावण ६ सोमबार

सामान्य मर्मतपछि चल्नसक्ने सवारी साधन अलपत्र, सरकारको चासो नयाँ खरिदमा

महालेखा परीक्षकको ५६ औं प्रतिवेदनले भएका गाडी प्रयोग नगरी नयाँ खरिद गर्नेतिर सरकार उद्धत भएको उल्लेख गरेको छ। सरकारले नयाँ मात्रै किन्नेतर्फ ध्यान दिइरहँदा नारायणहहिटी दरबार संग्राहलयमा ६ भीभीआईपी बुलेट प्रुफ कार अलपत्र परेका छन् ।

पूर्व राजपरिवारका सदस्यले प्रयोग गरेका सामान्य मर्मत गरी सञ्चालन हुन सक्ने अवस्था रहेका कार कवाडमा फाल्ने तयारी छ । उक्त बुलेटप्रुफ कार मर्मत सम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । ४ कार नेपाली सेना र एउटा उप राष्ट्रिपति कार्यालयलाई हस्तान्तरण गरे पनि अझै ६ कार प्रयोगविहीन छन् ।

उता सिंहदरबारमा पनि धेरै सवारीसाधन प्रयोगविहिन अवस्थामा भएको पाइएको छ। प्रतिवेदनअनुसार सिंहदरबारमा २०७५ को असारसम्म २२ मन्त्रालयमा १ हजार ११५ मोटरसाइकल र ८ सय सवारीसाधन रहेकोमा ९०९ मोटरसाइकल र ६२२ सवारीसाधन मात्र चालु हालतमा छन् । आर्थिक वर्ष २०७४/७५ मा मात्र रु. ६ अर्ब ६१ करोड ४५ लाख ३७ हजारका ६ हजार ९०९ मोटरसाइकल तथा १ हजार २४ कार, जिप, पिकअपलगायतका सवारीसाधन खरिद गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार