• २०७६ भदौ ३१ मंगलबार

यूएईविरुद्ध हरि र भीमको अर्धशत, २४८ रनको लक्ष्य

मलेसियामा जारी यू–१९ विश्वकप छनोट एसिया अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाललेअहिले यूएईको सामना गरिरहेको छ । नेपाली  यू–१९ टोलीले यूएईसामु २४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाई २४७ रन बनाएको हो ।  नेपालका लागि हरिबहादुर चौहान र भीम सार्कीले अर्धशतक प्रहार गरे । भने चौहान  ७४ बलमा ६७ रन बनाई अभिजित रहे।  सार्कीले ५४ बलमा ४ चौका र २ छक्का सहित ५३ रन बनाए  । 

त्यसपछि नेपालका लागि ओपनर रित गौतमले ४४  रन, आशिफ शेखले २७ रन कप्तान रोहितकुमार पौडेलले  १८ रनको योगदान गरे । यूएईका रिशभ मुखर्जीले नेपालको ४ विकेट लिए भने मोहमद फाराजुद्धिनले ३ विकेट लिए। 

२२ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपाली युवा टोलीले ६९ रनमा दोस्रो विकेट गुमाएको थियो । त्यसपछि लगातार विकेट गुम्दा नेपालको स्कोर ११५ रन हुँदा ५ विकेट गुमेको थियो । हरिबहादुर र भीमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरी २०७ रनको अवस्थामा पुर्‍याएपछि नेपालले राम्रो स्कोर बनाउन सकेको हो। 

प्रतियोगितामा पहिलो खेलमा नेपालले  शुक्रबार सिंगापुरलाई  २१७ रनको विशाल अन्तरले  हराएको थियो । यो छनोट प्रतियोगिता एसियाली क्षेत्रको अन्तिम छनोट प्रतियोगिता हो, जसको विजेता टोली सीधै अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट हुने छ। छनोट प्रतियोगितामा नेपाल र सिंगापुरसहित आयोजक मलेसिया, कुवेत, ओमान र  यूएई सहभागी छन्। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार