• २०७६ श्रावण ६ सोमबार

सार्वजनिक संस्थानको दुरुपयोग बढ्यो

 

सार्वजनिक संस्थानको नाममा रहेका सम्पत्तिको दुरुपयोग हुने गरेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा सार्वजनिक संस्थान अन्तर्गतका सम्पत्तिको दुरुपयोग भएको उल्लेख गरेको छ ।

निजीकरण गरेर दिएका संस्थानहरुको सम्पत्ति अन्यमा प्रयोग हुने, जग्गा प्लटिङ गरेर बिक्री वितरण गरेको तथा अनिमितता गरेको प्रतिवेदनमा उल्लेख छ । खारेज भई सञ्चालनमा नरहेका संस्थानमा समेत सरकारले चालू आर्थिक वर्षमा २० करोड ५९ लाख रुपैयाँ तलब र भत्ता खर्चका लागि ऋण लगानी गरेर अनियमितता गरेको पाइएको छ ।

रोजगारी तथा उत्पादनमा टेवा पुर्‍याउने शर्तमा निजीकरण भएका १८ संस्थान मध्ये हाल १२ वटा सार्वजनिक संस्थान मात्र सञ्चालनमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार