• २०७६ श्रावण ६ सोमबार

एनटिसीको नयाँ वर्ष आफर : २ सयमा ३ जीवी डाटा, २ सय मिनेट भ्वाइस कल र २ सय वटा एसएमएस

सरकारी स्वामित्वको नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा टेलिकमले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँको डाटा प्याक उपलब्ध गराउने भएको छ।

प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहनेछ। सो प्याक २०७५ चैत ३० देखि २०७६ बैसाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ। दुई सय रुपैयाँको डाटाअन्तर्गत ग्राहकले ३ जिबी इन्टरनेट डाटा, दुई सय मिनेट फोन कल र दुई सयवटा म्यासेज पठाउन सक्नेछन्।

 *१४१५# डायल गरेर डाटा लिन पाउने व्यवस्था गरेको छ ।  साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार