• २०७६ श्रावण ६ सोमबार

जेट एयरवेजका सबै अन्तर्राष्ट्रिय उडान बन्द, हजारौं कर्मचारीको जाँगिर संकटमा

आर्थिक संकटमा फसेपछि भारतकै ठूलाे विमान कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ ।

पछिल्लाे समय मात्रै जेट एयरवेजले थप १० विमान सेवाबाट हटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उसले हालसम्म ७९ विमानलाई सेवाबाट हटाइसकेको र कम्पनीकाे शेयर लिलामीमार्फत बिक्री गर्ने प्रक्रिया अगाडि बढाइरहेकाे बताइएकाे छ ।

अार्थिक रूपमा टाट पल्टेकै कारणा सेवा बन्द गराएर कम्पनीले सबै सेवा ठप्प पार्दै लगेकाे हाे । जेट एयरवेजलाई ऋण दिएका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना जारी गरिसकेकाे छ । लिलाम बढाबढको प्रक्रिया शुक्रबार (अप्रिल १२) बाट सुरु भइसकेको छ । साे शेयर लिलाममार्फत सकार्न चाहनेहरूले यही अप्रिल ३० तारिखसम्म बाेलपत्र हाल्न सक्ने क्यापिटलले जनाएकाे छ ।

भारतको सबैभन्दा पुरानो निजी एयरलाइन्स मानिएकाे यसकाे शेयर कसले खरिद गर्ला ? याे पनि बहसकाे विषय बनेकाे छ । भारतीय मिडियाहरूकाे एक विश्लेषणमा जेट एयरवेजकै पूर्वअध्यक्ष नरेश गोयलले यसकाे अधिकांश शेयर खरिद गर्न सक्ने प्रवल सम्भावना छ । गाेयलसँगै उनकी पत्नी अनिताले गत २५ मार्चमा जेट एयरवेजको बोर्डबाट राजीनामा दिएका थिए ।

जेट एयरलाइन्स हाल ११० करोड डलर घाटामा रहेको बताइएकाे छ । याे कम्पनी बन्द हुने अवस्था अायाे भने यहाँ कार्यरत करिब २३ हजार कर्मचारी/प्राविधिककाे जागीर संकटमा पर्ने निश्चित छ । अहिलेसम्म यसका अधिकांश कर्मचारीले पछिल्लाे तलब पाएका छैनन् ।

ऋणमा डुबेकाे यस कम्पनीलाइ कसरी बचाउने भन्ने चिन्तामा अाफूहरू रहेकाे जनाउँदै जेट एयरवेजका एक अधिकारी राहुल तनेजाले केही समयअघि भनेका थिए, ‘जेट एयरवेज व्यवस्थापन कम्पनीको राम्रो सञ्चालन तथा स्थिर भविष्यका लागि काम गरिरहेको छ । याे मूलत: बैंक तथा व्यवस्थापन सम्बन्धी समस्या झेलिरहेकाे छ ।’

सन् १९९२ मा स्थापना भएकाे याे कम्पनीले पहिलाेपटक १९९३ मा चार बोइङ- ७३७ विमानमार्फत उडान सेवा सुरु गरेको थियाे । सन् २०१२ मा आइपुग्दा जेट एयर भारतकै सबैभन्दा ठूलो निजी विमान कम्पनी बनेको थियो । यसले पछिल्ला २ वर्ष नेपालमा सबैभन्दा बढी पर्यटक भित्र्याएर रेकर्ड कायम गरेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार