• २०७६ बैशाख १० मंगलबार

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

 नेपाल राष्ट्र बैंकले राजश्व बुझ्ने बैंकका शाखाहरु शनिबारका दिन पनि अनिवार्यरुपमा खोल्नका लागि निर्देशन दिएको छ । चैत मसान्तसम्म राजश्व बुझ्नु पर्ने तर मसान्तका दिन ३० गते शनिबार परेकाले शनिबार पनि आफ्ना शाखाहरु सञ्चालन गर्न राष्ट्रबैंकले निर्देशन दिएको हो ।

त्यस्तै बैशाख १ गते पनि अधिकांश बैंकहरुले आफ्ना कार्यालय सञ्चालन गर्ने भएका छन् । २०७६ साल वैशाख १ गतेबाट ‘सबै नेपालीको बैंक खाता’ अभियान सुरु हुने भएकाले त्यस दिन पनि आफ्ना बैंक शाखाहरु खोल्न बैंकर्स संघले आग्रह गरेका कारण बैंकहरुले आफ्ना शाखा खोल्ने भएका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार