• २०७६ श्रावण ६ सोमबार

तरलता व्यवस्थापन गर्न १५ अर्ब रिपो जारी गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज बनाउन नेपाल राष्ट्र बैंकले बिहीबार बजारमा १५ अर्ब रुपैयाँ पठाउने भएको छ ।

चैत मसान्तमा बैंकबाट सरकारको ढुकुटीमा ठुलो रकम कर दाखिला हुने भएपछि आउन सक्ने तरलता समस्या व्यवस्थापन गर्न केन्द्रीय बैंकले बिहीबार रिपो मार्फत १५ अर्ब रुपैयाँ पठाउन लागेको हो ।

हाल अन्तर बैंक ब्याजदर ५ प्रतिशत हारहारीमा छ । बैंकिङ प्रणालीमा झण्डै ३० अर्ब रुपैयाँ अधिक तरलता छ । कर भुक्तानीका कारण बैंकिङ प्रणालीमा तरलताको समस्या नदेखियोस भनेर केन्द्रीय बैंकले पैसा पठाउन लागेको राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनले बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज बनाउन खोजेको स्पष्ट पारे ।

एक साताका लागि बजारमा पठाउन लागेको रिपो बैशाख ५ गते परिपक्व हुने छ । केन्द्रीय बैंकले ५ प्रतिशत ब्याजमा रकम बजारमा पठाउन लागेको हो । तरलता कम भएमा रिपोमार्फत केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र बढी भएमा रिभर्स रिपोमार्फत बैंकहरुबाट पैसा तान्ने गरेको छ । ब्याजदर करिडोर अन्र्तगत केन्द्रीय बैंकले रिपो जारी गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार