• २०७६ श्रावण १ बुधबार

बर्दियाका चिकित्सकद्वारा आन्दोलनको अवज्ञा

बर्दिया — मुलुकका सरकारी चिकित्सकहरू आकस्मिकबाहेकका सेवा बहिष्कार गर्दै आन्दोलनमा लागिरहेका बेला बर्दियाका चिकित्सकले भने अवज्ञा गरेका छन् । 
अस्पतालमा बिरामीको चाप बढेपछि उनीहरुले आन्दोलन गर्नुको सट्टा बिरामीको उपचार गरेका हुन् । बहिरंग सेवा बिहान १० देखि ४ बजेसम्म नियमित सञ्चालन हुँदै आएकामा बिरामीको चाप बढेपछि साँझ ५ बजेसम्म खुला राखिएको थियो। 
आईसीयू कक्ष भए जटिल बिरामीलाई अन्यत्र पठाउने अवस्था नरहेको चिकित्सक बताउँछन् । बिरामीको अवस्था र चापलाई मध्यनजर राख्दै अस्पताल सञ्चालनमा ल्याएको चिकित्सकले बताए ।

सरकारी चिकित्सक संघको आह्वानमा भएको आन्दोलनको प्रभाव जिल्लामा नपरेकोमा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले स्वागत गरेका छन् । 

गर्मी मौसमका कारण भाइरललगायत बिरामीले अस्पताल भरिभराउ छ । गर्मीयाम सुरु भएयता भाइरल ज्वरो, झाडापखालालगायत बिरामी बढेका छन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुभाष पाण्डेयले आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताए । उनले आन्दोलनको अवज्ञा नगरेको तर बिरामीको चापलाई मध्यनजर राखेर सेवा दिएको जनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार