• २०७६ बैशाख १० मंगलबार

मलेसियामा बस दुर्घटना, दुई जना नेपालीको मृत्यु

मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने श्रमिक बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस आइतवार राति दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ नेपाली पनि छन् ।

दुर्घटनामा परि बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारुको मृत्यु भएको मलेसियास्थित नेपाली  दूतावासले जानकारी दिएको छ । गम्भीर घाइते भएका अन्य ३ नेपालीको उपचार भइरहेको दूतावासले जनाएको छ । नेपाली, बाङ्लादेशी र इन्डोनेशियन कामदार चढेको गाडी विमानस्थल नजिकै सेपाअङ ठाउँमा दुर्घटनामा परेको थियो ।

८ जना विदेशी कामदार र चालकको घटनास्थलमा नै ज्यान गएको थियो भने थप एकजना विदेशी कामदारको अस्पतालमा उपचारका क्रममा ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

४३ जना सवार बस पानीको निकासको नालामा खसेर दुर्घटना भएको जनाइएको छ। घाइते भएका ३० भन्दा बढीलाई विभिन्न अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार