• २०७६ बैशाख १० मंगलबार

दुबईमा कारले ठक्कर दिँदा २ नेपालीको मृत्यु

दुबई युएईको आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार थिए । २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा नवलपरासी कावासोतीका निरोज परियार र स्थायी ठेगाना नखुलेका शान्ति विश्वकर्माको रहेका छन् । घाइते २ को पनि परिचय खुलेको छैन् ।

ट्याक्सीलाई कारले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ । मृतकको शव अबुधाबीको खालिफा अस्पतालमा राखिए र गम्भीर घाइते २ को सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप जानकारी आउँन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार