• २०७६ बैशाख १० मंगलबार

सिड्नीमा सवारी दुर्घटना, एक नेपालीको मृत्‍यु

सिड्नीबाट अल्बरीतर्फ गइरहेको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका गाडिचालक बलराम पराजुलीको उपचारका क्रममा निधन भएको छ। गत २८ मार्चका दिन भएको उक्त दुर्घटनामा घाइते भएपछि उनलाई हेलिकोप्टरमार्फत् क्यानबेरा अस्पताल लगिएको थियो।

क्यानबेरास्थित नेपाली दूतावासले चालक बलराम पराजुलीको उपचारको क्रममा अप्रिल २ तारिख मंगलबार साँझ निधन भएको जनाएको छ। दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् उक्त जानकारी दिएको हो।दूतावासले मृतक पराजुलीका नेपालमा रहेका आफन्तसँग सम्पर्कमै रहेको र शवलाई नेपाल पठाउने तयारीको प्रक्रियामा रहेको पनि जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार