• २०७६ बैशाख १० मंगलबार

अस्ट्रेलियामा दुई नेपाली फुटबल टोलीबीच हात हालाहाल 

अस्ट्रेलियामा दुई नेपाली फुटबल टोलीबीच हात हालाहाल भएको छ।
सिड्नीमा गोर्खा नेपाली समाजले आयोजना गरेको फुटबल खेलमा दुवै टोली तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै थिए।

समाजले गएको बीस वर्षयता लगातार फुटबल खेल आयोजना गर्दै आएको छ।

सगरमाथा फुटबल क्लब र सेन्ट जर्ज नेप्लीज क्लब खेलकोबीचमै हातपातको अवस्थामा पुगेका थिए।

खेल मैदानबाट बाहिरिँदै खेलाडीहरु समूह भिडन्तमा लागि परेका थिए। खेल आयोजक गोर्खा नेपाली समाजले यस घटनाप्रति आफूहरु दुखी भएको बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार