• २०७६ जेठ १३ सोमबार

एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री मगर 

कञ्चनपुर,
खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्विकार्नु पर्ने बताएकी छन् । कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैटौँ लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताएकी हुन् । खेलकुदलाई मनोरञ्जनको साधनका रूपमा मात्रै लिन नहुने बताउँदै उनले खेलकुद क्षेत्रले समग्र राष्ट्रको पहिचान गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । 

विकासको काम सँगसँगै सरकार खेलकुद, स्वास्थ्य र शिक्षा क्षेत्रलाई पनि बढी प्राथमिकता दिएर अघि बढिरहेको उनले स्पष्ट पारिन् । उनले केन्द्रबाट केही नीतिगत कार्यहरू गर्दा प्रदेश र स्थानीय तहमा काम गर्न समस्या देखिएपनि त्यो समस्या छिटै समाधान हुने बताइन् ।  मन्त्री मगरले संविधान विरोधी र सङ्घीयता असफल पार्न खोज्नेहरूका गतिविधि निस्तेज पार्न सरकार दृढ रहेको प्रस्ट पारिन् । उनले भनिन्, “ यो वर्ष सङ्घीयता कार्यान्वयनको वर्ष भएकाले सरकार त्यसका लागि लागिरहेको छ । सरकारले केही काम नै गरेन भन्ने दुष्प्रचार भइरहेको छ । त्यस्तो होइन, सरकारले कानुन बनाउनुपर्ने, सङ्घीयता कार्यान्वयन गर्नुपर्ने र विकासका कामहरू गर्नुपर्ने भएकाले तत्काल नदेखिएको हुन सक्छ तर सरकारले एक वर्षमा धेरै काम गरेको छ ।”  उनले सरकारका काम कारबाही रफ्तारमा अघि बढिरहेको स्पष्ट पारेकी छन् ।

कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले जनताका मागहरू धेरै भएकाले कामहरू अझै गर्न बाँकी रहेको बताए । बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले बेलौरी नगर सुरुवाती चरणमा रहेकाले नगरमा कार्य गर्न धेरै रहेको बताए । ऐन कानुन निर्माणमा भएको ढिलाइले गर्दा बेलौरी नगरले चाहेर पनि विकास निर्माणका कार्यहरू गर्न नसकिरहेको नगर प्रमुख चौधरीको भनाई छ । प्रतियोगिता उद्घाटन कार्यक्रम सुरु हुनु भन्दा पहिले खानेपानी मन्त्री मगरलाई क्लबद्धारा स्वागत गरिएको थियो । चैत १ गतेबाट सुरु भएको फुटबल प्रतियोगिता चैत्र ११ गते सम्पन्न हुनेछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार