• २०७६ जेठ ११ शनिबार

श्रीसान्तमाथिको प्रतिबन्ध पुनर्विचार गर्न सर्वाच्च अदालतको निर्देशन

भारतीय क्रिकेटर श्रीसान्त माथि लागेको आजीवन प्रतिबन्ध फुकुवा भएको छ । सर्वोच्च अदालतले शुक्रबार म्याच फिक्सिङ मामिलामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को अनुशासन समितिमाथि लगाएको प्रतिबन्ध हटाएको हो । श्रीसान्तले केरला उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश अशोक भूषण र केएम जोसेफको बेन्चले बीसीसीआईले तीन महिनाभित्रमा श्रीसान्तमाथिको कारबाहिबारे पुनर्विचार गर्न भनेको छ ।  साथै सजायको समय तय गर्दा श्रीसन्तको कुरा पनि सुन्नुपर्ने अदालतले प्रष्ट भनेको छ । सर्वोच्च अदालतको फैसलाप्रति श्रीसान्तले निकै खुसी भएको बताएका छन् ।

साथै उनले सर्वोच्च अदालतले लाइफ लाइन दिएको र फेरि खेलमा फर्कनेसक्ने बताए । २०१३ को आईपीएलमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा श्रीसन्तमाथि प्रतिबन्ध लागेको थियो । श्रीसान्त सन् २००७ को टी–२० विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकप जित्ने भारतीय टिमका सदस्य हुन् । श्रीसान्तले २७ टेस्ट म्याचमा ८७ तथा ५३ वान डे म्याचमा ७५ विकेट लिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार