• २०७५ चैत १० आइतबार

चलचित्र अघोरीको शुभ मुहूर्त

नेपाली कथानक चलचित्र ‘अघोरी’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौँमा रहेको भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै मुहूर्त सट लिइएको हो । 
कलाकार प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मीले मुहूर्त सट दिएका थिए । बिलभ्ड इन्टरटेन्मेन्ट प्रा.लि.का लागि राधा देवी कटुवालले यो चलचित्रको निर्माण गर्न लागेकी हुन् । एक्सन लभस्टोरी जनरामा निर्माण हुने यस चलचित्रलाई भोमन कटुवालले निर्देशन गर्नेछन् । चैत्र १ देखि सुटिङ फ्लोर जाने यस फिल्ममा प्रज्वल गिरी, शारदा राज्यलक्ष्मी शाह, मुनम मल्ल ठकुरी, उमेश खड्का, विन्दा तामाङ, सुरवीर पण्डित, अनमोल कार्की, तारा शाही ठकुरीको मुख्य भूमिका रहनेछ । यसै चलचित्रबाट शारदा राज्यलक्ष्मी र मुनम मल्लले डेव्यु गर्न लागेका हुन् । ‘अघोरी’ को चरित्र भने कलाकार प्रज्वल गिरीले निर्वाह गर्नेछन् ।
फिल्मको विषयमा संक्षिप्त जानकारी दिँदै निर्देशक कटुवालले भने, ‘अघोरीले पञ्चायतकालको परिवेशमा रहेर द्धन्दात्मक प्रेम कथा पर्दामा बोल्नेछ । चलचित्रमा ग्रामीण भेगको कथा हामी पस्किदैछौ ।’ यो फिल्मलाई पवन गौतमले खिच्नेछन् । झन्डै ३५ दिनको सुटिङ सेड्युअल लिएर फ्लोरमा उत्रन लागेको यो फिल्मको छायाङ्कन काठमाडौँ, मुस्ताङ, पूर्व तथा पश्चिमका केही भेगहरू र दुबईमा गरिनेछ । चलचित्रमा राजु किरातको द्धन्द निर्देशन रहनेछ । चलचित्रको गीतमा सङ्गीत भने दीपक शर्मा, ओम सुनार, सरोज कोइराला र सुमन राईले दिनेछन् । 
आगामी कात्तिकको छठ पर्वलाई रिलिज लक्ष्य राखिएको यो फिल्म झन्डै ७० लाखको बजेटमा निर्माण गर्न लागिएको हो । एक दशक देखि फिल्म क्षेत्रमा एसिस्टेन्स डिरेक्टर भएर काम गरेका भोमन कटुवालले यस अघि ‘झमक बहादुर’, ‘बन्ठे’ र ‘भीमसेन’ निर्देशन गरिसकेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार