• २०७६ जेठ १३ सोमबार

“शुभ-लभ” को दोस्रो गीत ‘टुक्रियो एउटा सपना’ सार्वजनिक

चैत्र १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शुभ लभ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको मार्मिक गीतमा प्रेमी-प्रेमीकाबीच आउने उतारचढावको कथा रहेको छ ।  गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर छ । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । हरिहर अधिकार र कृष्टिन पौडेलको डेव्यु फिल्म  ‘शुभ लभ’ लाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप उदय हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी छ ।

‘शुभलभ’मा अधिकारी र पौडेलसहित सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका छ ।

हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार