• २०७६ जेठ १३ सोमबार

फेसबुक तथा इन्स्टाग्राम विश्वका धेरै भागमा अवरुद्ध

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुक तथा फोटो सेयरिङ एप इन्स्टाग्राम बुधबार विश्वका धेरै भागमा एक्कासि अवरुद्ध भएको छ ।

मानिसहरुले फेसबुक र इन्स्टाग्रामको आफ्नो अकाउन्टमा लगइन गर्न नसकेको गुनासो गरिरहेका छन् । धेरै प्रयोगकर्ताको फेसबुक अकाउन्टमा लगइन गर्दा Facebook Will Be Back Soon  भन्ने मेसेज देखिने गरेको छ । साथै आवश्यक मर्मतका लागि फेसबुकको सर्भर तत्कालका लागि डाउन भएको र छिट्टै नै त्यसलाई ठीक पारिने फेसबुकले जानकारी दिएको थियो ।

लगइन भएतापनि कतिपयले फेसबुकमा लाइक तथा कमेन्ट गर्न नसकेको गुनासो समेत गर्ने गरेका छन् । साथै इन्स्टाग्राममा फोटो अपलोड गर्नमा पनि समस्या भएको छ।फेसबुक डाउन भएसँगै धेरै प्रयोगकर्ताले ट्वीटरमा यसको गुनासो गरिरहे । फेसबुकमा देखिएको समस्याको स्क्रिनसट गरेर ट्वीटरमा अपलोड गर्ने लहर नै चलेको छ । फेसबुकको समस्या वेब र एप दुवै भर्सनमा देखिएको हो । फेसबुकले केही मिनेटमै यो समस्या समाधान हुने दाबी गरेको भए पनि धेरै प्रयोगकर्ताले अहिलेसम्मै समस्या जारी रहेको गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार