• २०७६ जेठ ११ शनिबार

विद्यालयको भवन भत्किँदा बालबालिकाको मृत्यु भएको आशङ्का

लागोस, नाइजेरिया। 

नाइजेरियाको व्यवसायिक क्षेत्रमा रहेको एउटा विद्यालयको भवन बुधबार भत्किँदा केही बालबालिकाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गरी अधिकारीले बताएका छन् । 

स्थानीय समय अनुसार बिहान १० बजेको समयमा भवन भत्किएको थियो । विद्यालय समयमा भएको उक्त घटनामा केही बालबालिका फसेका र उनीहरूलाई जीवितै उद्धार गर्न स्थानीयको सहयोगमा सुरक्षाकर्मी खटिराखेका बताइएको छ । 

लागोसको आइसाइका मोन्सुरतमा रहेको तीन तले भवन भत्किनुको कारण अझै थाहा हुन सकेको छैन त भवनको कमजोर संरचना नै भवन भत्किएको हुनसक्ने अनुमान गरिएको छ । 

लागोस आपतकालीन व्यवस्था निकायका प्रवक्ताले भवन भत्किएर केही बालबालिका फसेको कुरालाई पुष्टि गर्नुभएको छ तर मृत्युबारे आफूलाई आधिकारिक सूचना प्राप्त नभएको बताउनुभयो । 

नाइजेरियामा प्राय भवनका कमजोर निर्माण सामग्री, कमजोर संरचनामा अत्यधिक भार राखी परम्परागत रूपमा भवनहरू बनाइने गरेका र पटक पटक यस्ता घटना दोहोरिने र यसबाट बर्षेनी दर्जनौँ नागरिकको मृत्यु हुने गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार