• २०७६ जेठ १३ सोमबार

महिला साफ च्याम्पियन : भारतको फराकिलो जित

 साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुआत गरेको छ । विराटनगरको शहिद रंगशालामा आज (बुधबार) भएको खेलमा भारतले माल्दिभ्सलाई ६-० गोलअन्तरले पराजित गर्दै शुखद सुरुआत गरेको हो । 

सातौं मिनेटमा ग्रेस दाङमेइको गोलमा भारतले अग्रता लिएको थियो । १२ औं मिनेटमा सन्ध्या रंगनाथानले पेनाल्टी क्षेत्रभित्र बलमा उत्कृष्ट नियन्त्रण गर्दै प्रहार गरेको सट गोलमा परिणत भएको थियो । २२ औं मिनेटमा इन्दुमति कासिरेतानले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक अमिनाथ लिजाको हातमा लाग्दै गोलमा परिणत भयो । 

खेलको २७ औं मिनेटमा सन्जुले गोल गर्दै भारतलाई ४-० गोलको अग्रता दिलाएकी थिइन् भने पहिलो हाफको अन्तिम समयमा रतनबाला देवीले गोल गर्दै पहिलो हाफसम्म भारतलाई ५-० गोलको अग्रता दिलाइन् ।

दोस्रो हाफमा भारतले अाक्रमणलाई निरन्तरता दिएपनि गोल थप्न निकै कसरत गर्नुपर्यो ।  खेलको ९० औं मिनेटमा भारतका लागि सन्जुले गोल गर्दै ६-० गोलको जित दिलाएकी हुन् । एकपछि अर्को आक्रमक खेल खेलेको भारतले राम्रो मौका गुमाएको थियो ।

यता, माल्दिभ्सले भने भारतको पोष्टमा बल प्रहार गर्न पनि सकेन । प्रतियोगिताअन्तर्गत भोलि (बिहीबार) बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार