• २०७५ चैत १० आइतबार

नेप्सेमा दोहोरो अंकले गिरावट

पछिल्ला दिन लगातार उच्च अंकका साथ वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार भने भारी गिरावट भएको छ । यस दिन नेप्से परिसूचक १३.१६ अंकले गिरावट आएको हो । आज ३६ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार एनसीसी बैंकको २ करोड ३ लाख १४ हजार बराबरको कारोबार भएको छ । 

बुधबार वित्तबाहेक बैङ्क, होटल, जलविद्युत् लगायत सबै क्षेत्रको सेयर मूल्य घटेको छ । बजार घटे पनि बुधबार ३६ करोड ९४ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस दिन सर्वाधिक कमाउनेमा युनाइटेड फाइनान्सका लगानीकर्ता रहेको छ । जसको शेयर आज ९ दशमलव ४६ प्रतिशतले बढेर १६२ रुपैयाँ कायम गरेको छ । त्यस्तै सर्वाधिक गुमाउनेमा हाथवे फाइनान्सका लगानीकर्ता रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ८७ प्रतिशतले घटेर ११७ रुपैयाँ रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार