• २०७६ जेठ ११ शनिबार

एनआईसी एशियाको नयाँ शाखा सप्तरीको महादेवामा

एन आई सी एशिया बैंक लि.ले महादेवा गाउँपालिका वडा नं ६, सप्तरी स्थित महादेवामा नयाँ शाखाको  उद्घाटन गरेको छ । शाखाको उद्घाटन उक्त गाउँपालिका अध्यक्ष दिपककुमार यादवले एक समारोहका बिच उुद्घाटन गरे । उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष यादवुले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकको प्रशंसा गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ ।  करिब १४ लाख ५० हजार आदरणीय ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तिय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार