• २०७५ चैत १० आइतबार

बालआश्रमका लागी नेपाल टेलिकमको सहयोग( भिडियोसहित)

नेपाल टेलिकमले बुढानिलकण्ठकस्थित कालिका मन्दिर बाल आश्रममा आश्रित अनाथ तथा असहाय बालबालिकालाइ खाद्यान्न तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।  नेपाल टेलिकमको सामाजिक उत्तरदायित्व अन्र्तगतको कार्यक्रममार्फत  यस्तो सहयोग गरेको हो । 

आश्रममा आश्रित २६ अनाथ बालबालिकाका लागी नेपाल टेलिकमको तर्फबाट चामल, दाल, चिनी, चिउरा, खाना पकाउने ग्यास तथा कलम प्रदान गरिएको थियो  । सामाग्री हस्तान्तरण गर्दै नेपाल टेलिकमकी  प्रबन्धक रिना डङ्गोलले नेपाल टेलिकमले व्यासायीक कामसँगै आफ्नो सिएसआर कार्यक्रम अन्र्तगत यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिइन् । यस्ता कार्यक्रमले विभिन्न कारणले बेसहारा बनेका बालबालिकाहरूको सुनौलो भविष्य निमार्णमा टेवा पुग्ने भएकाले आफूहरूले यसलाई निरन्तरता दिन चाहेको डंगोलको भनाई थियो । 

हस्तान्तरण कार्यक्रममा बोल्दै यूनिट प्रमुख सरोज ढुङ्गानाले नेपाल टेलिकमले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत, सरसफाइ, खाद्य तथा शैक्षिक सामाग्रीको वितरण, रक्तदान जस्ता महत्त्वपूर्ण कार्यक्रम गर्दै आएको बताए । आश्रित बालबालिकाका तर्फबाट बोल्दै आश्रम सञ्चालक प्रकाश नेपालीले नेपाल टेलिकमबाट प्राप्त सहयोगले आश्रित २६ बालबालिकाका लागी राहत हुने भन्दै धन्यवाद व्यक्त गरे । नेपाल टेलिकमले आगामी शुक्रवार बनेपामा रहेको विद्यालयलाई  यस्तै कार्यक्रम अन्र्तगत आवश्यक पर्ने फर्निचरका सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार