• २०७७ कार्तिक ८ शनिबार

उदयपुरमा स्कर्पियो दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

तीन जना घाइते

उदयपुरको कटारी–१४ भदौरेमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । 

भैरहवाको होल्डिङ्ग सेन्टरबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो गएराती १२ बजेतिर दुर्घटना भएको डिएसपी क्षेत्रीले जानकारी दिए । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ घर भएका ४६ वर्षीय रामबहादुर सार्की र २७ वर्षीय कर्मे सार्कीको मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३२ वर्षका पुरुष, ३० वर्षका पुरुष र अर्की अन्दाजी ३० वर्षकी महिलाको पहिचान भइनसकेको उनले बताए । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । 

घाइते हुनेमा रुपन्देहीका घर भएका २८ वर्षीय चालक पवन खड्का, ओखलढुंगा मानेभञ्ज्याङ–९ की १८ वर्षीया कल्पना सार्की र ३३ वर्षीया कुमारी सार्की छन् । घाइतेमध्ये चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब नौ सय मिटर तल खसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार