• २०७७ कार्तिक ४ मंगलबार

नेपाली मूलका राजेन्द्रले जिते अमेरिकामा ४ वटा चित्रकला प्रतियोगिता

एक दशकदेखि डिसी महानगर क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसीले ४ वटा चित्रकला प्रतियोगिता जितेका छन । काठमाडौँ जावलाखेल घर भै भर्जिनियाको फल्स चर्चमा बस्दै आएका कलाकार केसीले विगतमा पनि थुप्रै पुरस्कारहरु हात पारेका छन । उनले विदेशीहरुले आयोजना गरेको विभिन्न चित्रकला प्रतियोगितामा बाजी मारेका हुन ।

भर्जिनियाको फल्सचर्चमा फल्स चर्च सिटि आर्ट्सद्वारा आयोजना गरिएको खुला दृश्य चित्र चित्रकला प्रतियोगितामा केसीलाई दुई वटामा प्रथम पुरस्कार प्राप्त भएको छ । पुरस्कृत हुनुको साथै उनले बेयर अटो ग्रुप (सवारी साधन समूह) बाट नगद १ हजार २ सय डलर र रकस्टार रियालिटि आर्टिस्ट ग्रुपमा दोश्रो स्थान हासिल गर्दै १ हजार डलर नगद समेत प्राप्त गरेका छन ।

यसै गरि प्रतियोगितामा आएका दर्शकमध्येले मन पराइएका कुनै एक चित्रलाई मतदान गर्दा सबै भन्दा ज्यादा मत ल्याउनेलाई प्रथम पुरस्कार ३५० डलर नगद पाउने हुँदा उक्त प्रतियोगितामा पनि केसीले हात पारेका छन । उक्त पुरस्कारको नाम नै पीप्लस चोइस अवार्ड (दर्शकले मन पराएको) रहेको छ ।

यसै गरि द्रुत गतिको चित्रकला (क्विक ड्र पेन्टिंग) जुन २ घण्टा भित्र बनाउनु पर्नेमा समेत केसीले तेश्रो स्थान हासिल गर्दै २ सय ५० डलर जितेका छन् । उक्त पुरस्कारको नाम जुन बेयर आर्ट क्विक ड्र रहेको केसीले बताए । उनले दृश्य कला प्रतियोगितामा जित हासिल गर्दै नेपाल र नेपालको नाम राख्न सफल भएका छन । उक्त प्रतियोगामा अमेरिकाका ५० वटै राज्यहरुबाट कलाकारहरुको सहभागिता हुने गर्छ ।  

प्रतियोगितामा सहभागी हुन् आवेदन दिएका मध्येबाट ५० जना भित्रमा छनौट हुनु पर्नु नियम रहेकोले ५० जना मध्ये मै नेपाली मूलका कलाकार केसी परेका थिए । उनले २ वटामा प्रथम,एउटा द्वितीय र अर्कोमा तृतीय पुरस्कार हासिल गरेका छन् । फल्स चर्चले हरेक बर्ष चित्रकला प्रतियोगिताको आयोजना गर्छ भने चित्रकारहरुले चित्रकला कुनै पनि स्थानमा गएर तोकिएको समय भित्र चित्रकला बनाउनु पर्ने हुन्छ ।

उक्त प्रतियोगितामा घर भित्र बसेर बनाउन नपाइने र प्राकृतिक कला बनाउनु पर्ने भएकोले केसीले विभिन्न स्थानमा गै चित्रकला वनाएका थिए । उक्त चित्रकला प्रतियोगिता निर्णायकहरु पनि चित्रकारनै रहेका थिए ।

यसको अतिरिक्त यस बर्ष पनि केसीले विभिन्न राज्यहरुमा गै प्रतियोगीमा सहभागिता जनाई पुरस्कारहरु प्राप्त गरेका छन । मेरिल्याण्डको राजधानी एनापोलिसमा आयोजना भएको प्रतियोगतामा केसी तेश्रो स्थान भएका थिए ।

उक्त प्रतियोगितामा उनका दुई वटा चित्र १ हजार ६ सय डलरमा बिक्रि भएका थिए । यसै गरि मेरिल्याण्डको हार्डफोर्ट काउन्टीमा भएको चित्रकला प्रतियोगतामा प्रथम स्थान सहित नगद पुरस्कार र भर्जिनियाको ग्रेट फल्समा भएको प्रतियोगितामा मानार्थ पुरस्कार द्वारा सम्मानित भएका थिए । उनि हाल भर्जिनियाको ग्रेट फल्स र फल्स चर्च शहरहरुमा चित्रकला (आर्ट्स) सिकाउछन ।

सन् १९९६ देखि नै व्यवसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा नेपाली मूलका कलाकार जम्दै छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार