• २०७७ कार्तिक ४ मंगलबार

कास्कीमा कोरोनाबाट थप एक जनाको मृत्यु, गण्डकीमा ३० जना संक्रमित थपिए

कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १७ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गएराति चरक अस्पतालमा उपचारको क्रममा निधन भएको गणडकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा गत असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना सँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । 

यस्तै शनिबार, गण्डकीमा थप ३० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७७ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ वटा जिल्लामा थप ३० जना संक्रमित थपिएका हुन् । नयाँ संक्रमितहरु पोखरा महानगरका २३ जना, बागलुङको जैमिनीका २ जना, स्याङजाका २ जना, तनहुँ, लमजुङ र म्याग्दीका १/१ जना रहेको निर्देशनालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार