• २०७७ कार्तिक ४ मंगलबार

दीर्घ कोभिड हुँदा यी चार भिन्न समस्या देखिन सक्छन्

'दीर्घ कोभिड' अर्थात् कोरोनाभाइरस सङ्क्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ । अनि यसले किन निरन्तर लक्षण बेहोरिरहेका यी मानिसलाई अविश्वास गरिन्छ र उपचार गरिँदैन भन्ने पनि बुझाउन सक्छ ।

दीर्घ कोभिड बेहोरिरहेका मानिसहरूमा गम्भीर मनोवैज्ञानिक प्रभाव परिरहेको हुनसक्ने न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चको विवरणमा उल्लेख छ । उनीहरूलाई थप सहयोगको खाँचो छ - अनि उपचार गर्ने स्वास्थ्यकर्मीहरूमा पनि थप जानकारी हुन जरुरी छ । अधिकांश मानिसहरूलाई सामान्य कोरोनाभाइरस सङ्क्रमण भएको दुई सातामा ठिक हुने र अलि गम्भीर सङ्क्रमण भएमा तीन सातामा ठिक हुने बताइन्छ।

तर यो रिपोर्टका अनुसार हजारौँ मानिसहरू 'निरन्तरको कोभिड' बाट ग्रस्त भएका छन् । अनि यूकेमा कोरोनाभाइरसका मामिला वृद्धि हुँदै जाँदा दीर्घ कोभिड बेहोर्नेको सङ्ख्या पनि आगामी महिनाहरूमा बढ्ने देखिन्छ ।

फेसबुकमा दीर्घ कोभिडले ग्रस्त भएकाहरूको सहायता समूहमा आबद्ध १४ जनाको अन्तर्वार्तामा आधारित भएर प्रकाशित पछिल्लो अध्ययनका अनुसार निरन्तरको लक्षणहरूले श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभास्कुलर प्रणाली, मिर्गौला, आन्द्रा, कलेजो र छालासम्म प्रभाव पारिरहेका छन् ।

यी लक्षणहरू निम्न चार भिन्न समस्याका कारण भएका हुनसक्छन् :
-फोक्सो र मुटुमा भएका स्थायी क्षति
-सघन उपचारपश्चात् उत्पन्न हुने समस्या
-भाइरल सङ्क्रमणपश्चात् हुने थकाइको समस्या
-निरन्तर कोभिड(१९ का लक्षणहरूका समस्या

यसरी प्रभावित हुने कतिपयले गम्भीर कोभिड-१९ का कारण लामो समय अस्पतालमा बिताउनुपरेको थियो । तर कतिले भने सामान्य कोभिडमात्र बेहोरेका थिए अनि उनीहरूको परीक्षण वा रोग निदान समेत भएको थिएन ।

अध्ययनले भनेको छ ूनिरन्तर कोभिड(१९ को निदानू सम्बन्धी तरिका निर्माण गरेर मानिसहरूलाई सहायतामा पहुँच पुर्‍याउन सकिन्छ । 'के प्रष्ट भइरहेको छ भने कतिपय मानिसका निम्ति कोभिड-१९ को सङ्क्रमण एउटा दीर्घकालीन रोग हो,' रिपोर्टमा उल्लेख छ ।

'कतिपयका निम्ति यो अवस्था उनीहरूको अस्पताल बसाइसँग सम्बन्धित छ, तर अन्य कतिपयले भने प्रारम्भिक सङ्क्रमण साधारण भएको र घरमै निको भएको तर पछि विस्तारै लक्षण कडा हुँदै गएको बताइरहेका छन् ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार