• २०७७ कार्तिक ७ शुक्रबार

सरु र सुनिलको 'डिजिटल फोटो'मा बले कक्रोज (भिडियो सहित)

लोकप्रिय गायिका सरु गौतम र गायक सुनिल कटुवालको सुमधुर स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गीतहरुमा आफ्नो जादुमय स्वर दिएर सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतमले फरक प्रस्तुतिको साथ “डिजिटल फोटो” को म्युजिक भिडियो लिएर आएकी हुन् ।

 गीतकार कुमार कटुवालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । त्यसैगरी उत्सब दाहालले छायांकन गरेको गीतको भिडियोलाइ देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) सँगै गीता ढुंगाना र प्रतिमा कंडेलको मुख्य अभिनय रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार