• २०७७ कार्तिक ४ मंगलबार

महामारीमा क्यालिफोर्नियामा बन्यो लघु चलचित्र 'पुरानो चस्मा'

अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले महामारीको समयमा लघु चलचित्र पुरानो चस्मा निर्माण गरेका छन । अमेरिकामा बसोबास गर्ने नव विवाहित नेपाली जोडीको कथा रहेको छ  ।

जब उनीहरुका बुवाआमा अमेरिका भ्रमण गर्न आएपछि कथाले अर्को मोड लिने चित्रण गरिएको छ । चलचित्रमा कलाकारहरुको भूमिकामा सुमेश कुइकेल ,अनिल पाण्डे, बिनिता ढकाल, सरोज खड्का, मायादेवी कडरिया तथा निरु खत्री रहेका छन ।

चलचित्रको सम्पादन उज्वल ढकालले गरेका छन् भने ध्वनि मिश्रण रिभेलेसन अडियो प्रालि ले गरेको छ । कथारआलेख विनय प्रसाद ढकालको रहेको छ भने निर्देशन विश्व शर्माको रहेको छ ।

लघु चलचित्र शुक्रबार सार्वजनिक गरिएको छ भने चलचित्रको अवधि कूल १६ मिनेट ५१ सेकेन्डको रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार