• २०७७ कार्तिक ४ मंगलबार

टिभिएस दशैँको आशा स्कीम अन्तर्गत गणेश प्रसाद गौतमले जिते टिभिएस अपाचे आरआर ३१०

टिभिएस दशैंको आशा योजनाअन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्ष प्रशारण मार्फत गरिने गोलाप्रथाबाट गणेश प्रसाद गौतम विजेता बन्न सफल भएका छन् । उनले टिभिएस अपाचे आरआर ३१० जित्न सफल भएकोमा जगदम्बा मोटर्सको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । “टिभिएस दशैँको आशा“ योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कूटरको खसरदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यीदुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि www.tvsnepal.com/Dashain df गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनिआफ्नो छनौट वा किन्नको विकल्पको बावजूद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । ११० देखि ३१० सिसि सम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आरटिआर २००४ भि,अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिककोको बिबिधता रहेको, बिक्री पश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार