• २०७७ कार्तिक ४ मंगलबार

हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले निकाल्यो तेस्रो जित

इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले तेस्रो जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले उत्कृष्ट जित निकालेको हो ।

चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए ।

कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए । जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

सनराइजर्स हैदराबाद ८ खेलमा ५ हार र ३ जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ हार र ३ जित सहित छैटौं स्थानमा उक्लिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार