• २०७७ कार्तिक ८ शनिबार

विश्वभर कोरोना भाइरस : संक्रमितको संख्या ३ करोड ८३ लाख ४७ हजार

१० लाख ९० हजारको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या तीन करोड ८३ लाख ४७ हजार ८०४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९८८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ९० हजार १९३ पुगेको छ । 

संक्रमितमध्ये २ करोड ८८ लाख ४० हजार ११५ जनाले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको तथ्यांक संकलक वल्र्डवमिटरडटकमले जनाएको छ । निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या ८४ लाख १७ हजार ४९६ रहेको छ । तीमध्ये ६९ हजार ९८१ गम्भीर बिरामी रहेका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ८० लाख ८९ हजार ९२९ पुगेको छ भने मृत्यु हुनेको संख्या २ लाख २० हजार ८४१ पुगेको छ । ५२ लाख २५ हजार ९३५ जना निको भएर घर फर्केका छन् भने १५ हजार ८७ जना गम्भिर अवस्थामा रहेका छन् ।

अमेरिका पछि सबैभन्दा बढी भारतमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्रमितको संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख १० हजार ६१७ रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार