• २०७५ चैत १० आइतबार

साफ महिला फुटबल : उद्घाटन खेलमा भुटानविरुद्ध नेपालको सहज जित

पाँचौ महिला साफ च्याम्पियनशिपमा नेपालले विजयी सुरुवात गरेको छ। विराटनगरस्थित शहिद रंगशालामा मंगलवारदेखि सुरु भएको प्रतियोगिताको  उदघाटन खेलमा भुटानलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी यात्रा सुरु गरेको हो। उद्घाटन खेलमा नेपालले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा १ गोल गर्न सफल भयो ।

नेपालका लागि १३ औँ मिनेटा मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्दै अग्रता दिलाउन सफल भएकी थिइन् ।  त्यसको तीन मिनेट नबित्दै नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारीले गोल गरेपछि नेपालले २-० को अग्रता बनाउन सफल भयो । कप्तान निरू थापाले ५४ औं मिनेटमा अर्काे गोल थप्दा नेपाल ३–० गोलले विजयी भयो। भुटानी खेलाडीले गोलका थुप्रै प्रयास गरे पनि नेपाली टिमले विफल पारेको थियो।

 हरि खड्काको प्रशिक्षणमा भुटानविरुद्ध उत्रिएको नेपालले केही राम्रा अवसर भने आवश्यक तालमेलको अभावमा खेर फालेको थियो । भारतमा भएको हिरोकपमा उपविजेता बनेको नेपाल यो पटक नेपाल घरेलु भूमिमा साफ फुटबलको उपाधि जित्ने लक्ष्यका साथ खेलिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार