• २०७६ जेठ ११ शनिबार

खराब प्रदर्शनसँगै सन्दीपको टिम लाहोर बाहिरियो

पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपाली युवा बलर सन्दीप लामिछाने आवद्ध लाहोर क्वालन्डर्स प्लेअफमा पुग्न असफल भएको छ। समूह चरणको अन्तिम खेलमा मुल्तान सुल्तानसँग ७ विकेटले पराजित भएसँगै लाहोर बाहिरिएको हो।  

१ सय ४१ रनको लक्ष्य पछ्याएको सुल्तानले १२.३ ओभरमा ३ विकेट गुमाउँदै सहज जित हात पार्यो । उसका लागि साह मसुदले २५ बलमा ८ चौका र १ छक्का हिर्काएर ४८ रनको योगदा नगरे। जिएम भिन्सले १२ बलमा २५ रन जोड्दा जोनसन चार्ल्सले नटआउट ४१ रन बटुले।

 पाकिस्तानको कराँचीमा भएको खेलमा पहिले ब्याटिङ गरेको लाहोरले ८ विकेटको क्षतिमा १ सय ४० रन जोडेको थियो। उसका लागि कप्तान फखर जमानले ५३ रन जोडे। डेभिड विसेले ३० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा सुल्तानका मोमहद अब्बासले ३ विकेट लिए। 

 खराव प्रर्दशन गरेका सन्दीपले २.३ ओभरमा २८ रन खर्चिंदै कुनै विकेट लिन सकेनन् । सन्दीपले चौथो ओभरमा १३ रन खर्चिए जसमा ४ रन बाई सामेल थियो । नवौं ओभरको दोस्रो बलमा शन मसुदले चौका र पाँचौ र छैटौं बलमा जोनसन चाल्र्सले छक्का प्रहार गरेपछि महँगो सावित भए । यस ओभरमा उनले १८ रन खर्चिन पुगे । सुरुवाती ओभरमा खराब प्रर्दशन गरेका सन्दीपलाई कप्तान फकार जमानले सुल्तानलाई १ रन चाहिएको अवस्थामा १३ औं ओभरमा बलिङ गर्न लिएका थिए । पहिलो र दोस्रो बलमा डट गराएपनि तेस्रो बलमा १ रन लिदै अफ्रिदीले खेल जिताए ।

 सन्दीपले पिएसएलमा कुल ७ खेलमा ११ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा ५ औं स्थानमा रहँदै अन्त्य गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार