• २०७५ चैत १० आइतबार

सम्बन्धमा दरार आएपछि महिलाको हत्या

मोरङ बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको हत्या भएको खुलासा भएको छ । फागुन १७ गते रातिदेखि हराएकी राइको शव हत्यापछि कोसी ब्यारेजमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उनको शव भने फेला परेको छैन । 
राइको हत्या नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले गरेको पनि प्रहरी प्रारम्भीक अनुसन्धानले देखाएको छ । हत्यामा संलग्न गुरुङ तत्कालिन एमाले बेलबारीका पूर्वअध्यक्ष हुन् । गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उनले दिएको बयानका आधारमा दुई दिनदेखि लगातार प्रहरीले कोसी नदी आसपासमा खोजतलासलाई व्यापक बनाएको छ तर शव भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  
महिला हराएको केही दिनमै गुरुङ समेत बेलबारी छाडेर बेपत्ता बनेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको थियो । त्यसै क्रममा भागेर इलाम पुगेका बेला गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ प ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ ।  
हत्यापछि यही गाडीमा शव राखेर नदीसम्म पु¥याएको प्रहरीको दाबी छ । बेपत्ता भएकै राति हत्या गरेर शव गायव बनाउन कोसी नदीमा फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महिला हराएको राति दुवैजना सँगै रहेको र महिला घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई गुहारेका थिए ।
हत्या गरिएकी महिला पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको खुलेको छ । उनकी एक छोरी छन् । गुरुङका भने श्रीमती र दुई छोराहरु काठमाडौंमा बस्दै आएका छन् ।
योगेन्द्र र राईबीचमा केही समयदेखि सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यही सम्बन्धमा दरार उत्पन्न भएपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ। 
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार