• २०७७ कार्तिक ८ शनिबार

कोरोना संक्रमितले निजी अस्पतालमा उपचार गरेपनि खर्च सरकारको 

विदेशबाट आउने अनिवार्य एक हप्ता होटलमा बस्नुपर्ने

कोरोना संक्रमितका सङख्या बढ्ने र सरकारी अस्पतालमा ठाउँ अभाव हुन थालेपछि सरकारले निजी अस्पतालमा भएको उपचार खर्च पनि बेहोर्ने निर्णय गरेको छ । 

विहिबार बसेको मन्त्रिपरिषदको बैठकले निजी अस्पतालमा लागेको खर्च पनि सरकारले बेहोर्ने निर्णय गरेको हो । संक्रमितहरु बढ्दै जादाँ अस्पतालहरु भरिभराउ हुने सम्भावना देखेपछि यस्तो निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

 यस्तै आजको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागी फेरि लकडाउन गर्ने तथा उपत्यकामा जारी निषेधाज्ञालाई कडा बनाउने विषयमा पनि छलफल भएको थियो ।  यस्तै हाल रोकिएको चार्टर तथा उद्धार उडानलाई तत्काल नियमित गर्ने र विदेशबाट आउनेका लागि नयाँ मापदण्ड बनाउने निर्णयसमेत बैठकले गरेको छ ।  विदेशबाट आउनेहरुलाई स्थानीय स्तरमा रहेका क्वारेन्टिनमा राख्दा थप जोखिम भएको भन्दै अब अनिवार्य एक हप्ता होटलमा बस्नैपर्ने नियम समेत बनाउन लागेको छ ।  यसरी आउनले उडान तय हुनुपूर्व नै आफु काठमाण्डौ आएपछि बस्ने होटल बुक गर्नुपर्नेछ । जसको खर्च स्वंय आउने व्यक्तिले व्यहोर्नुपर्ने मापदण्ड बनाउने समेत निर्णय भएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार