• २०७७ श्रावण २८ बुधबार

'नेकपाको घरायसी झगडालाई हाम्रो सहभागीता छैन, नजिकबाट नियालेका छौं' (भिडियो)

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री परिवर्तन गर्ने वा नगर्ने, पार्टी विभाजन गर्ने वा नगर्ने भन्ने विषय नेकपाको आन्तरिक विषय भएको भन्दै नेकपाको घर झगडामा सहभागी नहुने स्पष्ट पारेको छ । 

पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकका बारेमा जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग भेटेको विषय उठेको भन्दै नेकपाको एकता र विभाजन  उनीहरूको घरायसी कुरा भएको र काँग्रेसको कुनै भूमिका नरहने बताएका हुन् ।

उनले नेकपाको घर झगडालाई प्रतिपक्षीका नाताले नजिकबाट हेरिरहेको बताए । प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको जानकारी सभापति देउवाले बैठकमा गराउनुभएको जानकारी दिए । प्रवक्ता शर्माले संसद् अधिवेशन अन्त्य गर्नुभन्दा एक दिन अघि मात्र भेट भएको र संसद् अधिवेशन अन्त्य गर्ने विषयमा समेत प्रधानमन्त्रीले जानकारी नगराएको बताए ।

बैठकमा केही केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भएको गोप्य भेटबारे जवाफ मागेका थिए । त्यस्तै बैठकमा काँग्रेसको महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने बारेमा पनि छलफल केन्द्रित रहेको प्रवक्ता शर्माले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार