• २०७७ श्रावण २८ बुधबार

अनशनरत युवालाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अनशनपछि अस्पताल भर्ना गरिएका इसान अधिकारी (ई:) र पुकार बमलाई भेटेका छन् । बिहीबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर ओलीले उनीहरुको स्वास्थ्य अवस्था बुझेका हुन् ।

पाटनमा अनशन बसेका उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार नै ह्याम्स लगिएको थियो । सरकारले कोभिड १९ विरुद्धको प्रतिकार्य प्रभावकारी ढंगले चलाउने नसकेको, पीसीआर परीक्षण बढाउनु पर्ने लगायत माग राखी ई:, बम लगायत पाटन दरबार स्क्‍वायरमा एक सातादेखि अनशनमा बसेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले आफूनै भेट गर्न आएकोले सम्वादमा आएर अनशन तोड्न आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार