• २०७७ असार २२ सोमबार

काठमाण्डौ उपत्यकामा एकैदिन देखिए अहिलेसम्मकै बढि संक्रमित

काठमाण्डौ उपत्यकमा मंगलबार थप १२ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रलायले यसको पुष्टि गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप १० जनामा र भक्तपुरमा एकजना र ललितपुरमा एकजनामा  संक्रमण भेटिएको पुष्टि गरेका हुन्।

मंगलबार काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये भक्तपुरकी एक महिला र ललितपुरका एक पुरुष रहेका छन् । यस्तै काठमाडौका ५ महिला र ५ पुरुष रहेका छन् ।

यस्तै आज देशभर आज ३  सय १६ जना संक्रमित थपिएका छन । अब नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या  १३ हजार ५ सय ६४ पुगेको छ । 

डा। गौतमका अनुसार हालसम्म उनीहरु मध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ९४ जना डिस्चार्ज भएका छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर २ लाख २८ हजार ३४१जनाको पिसिआर पद्दतीबाट कोरोना परिक्षण गरिएको छ । नेपालमा ५३ हजार ७० जना क्वारेन्टाइनमा छन् भने १० हजार ३४१ जना आइसोलेसन वार्डमा उपचाररत रहेका छन् । 

लकडाउन खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक काठमाडौँका बिभिन्न नाकाबाट उपत्यकामा प्रवेश गर्नेको संख्या समेत बृद्धि भएको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार