• २०७७ असार २२ सोमबार

पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना सङ्क्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्लामा ३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १३ हजार ५६४ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।  

देशका ७७ जिल्लामै कोरोनाका संक्रमित देखिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर २ लाख २८ हजार ३४१ जनाको पिसिआर पद्दतीबाट कोरोना परिक्षण गरिएको छ । नेपालमा ५३ हजार ७० जना क्वारेन्टाइनमा छन् भने १० हजार ३४१ जना आइसोलेसन वार्डमा उपचाररत रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार