• २०७७ असार २२ सोमबार

प्यूठानमा भित्रियो सलह, मकैको बोट ढल्नेगरी क्षति

आगो बालेर र बाजा बजाएर लखेट्दै

सलह कीरा प्युठान जिल्लामा पनि भित्रिएको छ । जिल्लाका विभिन्न स्थानमा सलह देखिन थालेपछि किसान चिन्तित बनेका छन् । पूर्वी प्यूठानका विभिन्न सलह भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जानकारी दिए । सोमबार बेलुका भित्रिएको सहल अहिले जिल्लाका विभिन्न ठाउँमा फैलिएका छन् ।

जिल्लाको बरौला, अर्खा, रजबारा, बाँदिकोटलगायत ठाउँमा सलह देखिएपछि किसानले आगो बालेर लखेट्न थालेको रजबाराका स्थानीय लाल बहादुर सेनले बताए । उनका अनुसार सलह देखिएपछि किसानले बाजागाजा बजाउने, आगो बाल्नेलगायत उपाय अपनाएर लखेट्ने काम गरिरहेका छन् ।

त्यसैगरि सरुमारानी गाउँपालिका—३ को दुमही सजिकोट, सुजिनपुर हुँदै कास्कोट क्षेत्रमा सलहले मकै बालीमा क्षति पुर्याएको छ । त्यो क्षेत्रका बारीमा भएको मकैमा सलह पसेपछि क्षति पुर्याएको हो । मकैको बोट नै ढल्ने गरी सलहले क्षति पु¥याएको वडाअध्यक्ष भिम मर्साङ्गीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार