• २०७७ असार २२ सोमबार

वडाध्यक्षमाथि कार्यालयमै कुटपिट, विप्लव समूहको पर्चा भेटियो

दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यालयमै कुटपिट भएको छ । मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले रड र लाठी प्रहार गरेर फरार भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताएका छन् ।

अध्यक्ष कमानसिंहका अनुसार मुकुण्डो लगाएर चाररपाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ । वडाअध्यक्षलाई कुटपिट गरेर घटना स्थलमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए ।

घाइते भएका वडाअध्यक्षलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । वडाध्यक्ष डाँगीमाथि कसले र कुन समूहले किन आक्रमण गरेको हो भन्नेबारे अहिले खुल्न नसकेको र आक्रमण गर्ने समूहको खोजीकार्य भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार