• २०७७ असार २२ सोमबार

निजामती विधेयकविरूद्ध सिंहदरबारभित्रैका कर्मचारी आन्दोलनमा

राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको निजामति सेवा ऐन विधेयक विरुद्ध कर्मचारीहरुनै आन्दोलनमा उत्रिएका छन् ।

सिंहदरवारभित्र कार्यरत नायव सुब्बा (नासु) तहका कर्मचारीहरुले उक्त विधेयकमा रहेका विभेदकारी प्रावधान तथा कर्मचारीहरुको वृति विकासमा असर पर्नेगरी विभिन्न प्रावधान राखेकाले आन्दोलन गर्नुपरेको आन्दोलित कर्मचारीले बताएका छन् ।

समितिबाट मन्त्री तथा सत्तापक्षकै केही केही सांसदहरुको विरोधकाबीच पारित भएको विधेयकमा आफ्नो बढुवा तथा २०४९ सालको निजामति सेवा ऐनका प्रावधान भन्दा पनि पछि फर्किएकाले निजामति सेवामा नासु बचाउ अभियानमार्फत करिब २ सयको संख्याका नासुहरुले सिंहदरवार गेटभित्र प्रदर्शन गरेका हुन् ।

विरोधमा उत्रिएका उनीहरूले ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन ?’ भन्नेजस्ता प्लेकार्ड बोकेर शान्तपूर्वक प्रदर्शन गरेका हुन् । देशमा ३५ हजारभन्दा बढीको संख्यामा रहेका नासुको वृत्तिविकासमा बाधा पुग्ने गरी विधेयक ल्याइएको उनीहरूको भनाइ छ ।

उनीहरुले अब आउने निजामति सेवा ऐनमा ६ विषय समेट्नुपर्ने माग अघि सारेका छन् । जसमा शाखा अधिकृत तहमा बढुवा र आन्तरिक प्रतिश्पर्धाको सुनिश्चितता, एकै पदमा १२ बर्षसम्म बढुवा नभए स्वतह बढुवा, सेवामा रहेका कर्मचारीलाई उमेरको हदबन्दी लगाउन नपाइने, अघिल्लो पदको सेवाअवधि जोड्नुपर्नेलगायत छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार