• २०७७ असार १८ बिहीबार

साफ च्याम्पियनसिप यो वर्ष नहुने

दक्षिण एसियाली फुटबल महासंघले यो वर्ष हुने भनिएको साफ च्याम्पियनसिप नगर्ने भएको छ । 

बांग्लादेशको बंगबन्धु रंगशालामा ७ सेटेम्बरदेखि १३औं साफ च्याम्पियनसिप आयोजना गर्ने तय भएको थियो । तर, कोरोना महामारी र अक्टोबरमा एएफसीले विश्वकप तथा एसियाकप छनोटका लागि ल्याएको प्रस्तावका कारण साफ च्याम्पियनसिप अर्को वर्षका लागि सारिएको हो ।

यस्तै यू–१५, यू–१५ महिला र यू–१८ महिला साफ च्याम्पियनसिप पनि तत्काल नगर्ने महासंघले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार