• २०७७ असार २२ सोमबार

भारतले लगायो टिकटकमाथि प्रतिबन्ध, समर्थनमा ७ करोड व्यापारी

भारत सरकारले  चीनका टिकटक लगायत ५९ वटा मोबाइल एप्लिकेशनहरुमाथि प्रतिबन्ध लगाएको छ । ती एपहरूमा लोकप्रिय टिकटक, सेयरलाईट, हेलो, यूसी ब्राउजर, लाइकी, वेच्याट समावेश छन् । संसारभरि नै टिकटक मोबाइलका सर्वाधिक लोकप्रियमध्येका एक एप्लिकेशन मानिन्छ । चीन–भारतबीच तनाव बढ्दै जाँदा भारत सरकारले यो प्रतिबन्ध लगाएको हो ।

यसको समर्थनमा करोडौ व्यापारीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई साथ दिने बताइएको छ । भारतका ७ करोड व्यापारीहरूले सरकारलाई कडा समर्थन गर्ने बताएका छन् । चाँडै अखिल भारतीय ट्रेडर्स कन्फेडेरेसन (क्याट)ले यो अभियान देशको हरेक कुनामा पु¥याउँने विश्वास गरिएको छ । भारतीयहरुले सरकारको यस कदमलाई स्वागत गरिरहेका छन् । यसैबीच, अखिल भारतीय व्यापारी महासंघका महासचिव प्रवीण खंडेलवालले चिनियाँ एपमा प्रतिबन्ध लगाएकोमा खुशी व्यक्त गरेका छन् । 

क्याट महासचिव प्रवीण खण्डेलवालले भने, भारत सरकारले ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएर ठूलो कदम चालेको छ। चिनियाँ सामानहरूको बहिष्कारको लागि अखिल भारतीय ट्रेडर्स कन्फेडेरेसन ९क्याट० को राष्ट्रिय अभियानलाई पनि ठूलो समर्थन छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार