• २०७७ असार १८ बिहीबार

एस्पानियोललाई पराजित गर्दै शीर्ष स्थानमा रियलको दुई अंकको अग्रता

एस्पानियोलविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । आइतबार राती भएको खेलमा रियलले एस्पान्योलमाथि १-० को जित दर्ता गर्यो ।

रियलको जितमा कासेमिरोले निर्णायक गोल गरे । उनले खेलको ४५ मिनेटमा करिम बेन्जिमाले उपलब्ध गराएको पासमा गोल गरेका थिए । खेलमा इस्प्यान्योलले पनि गोल गर्ने अवसर पाएको थियो । तर रियलका गोलकिपर थिबाउट कोर्टोइसले पाँच वटा उत्कृष्ट बचाउ गरेका थिए ।

यस जितसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ । रियलको ३२ खेलमा ७१ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक रहेको छ । एस्पान्योल भने ३२ खेलमा २४ अंकसहित पुछारमा यथावत छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार