• २०७६ भदौ ३१ मंगलबार

जनतालाई खुसी पार्न सरकारले ठुलै काम गर्नु पर्दैन

सरकारबाट नेपाली जनताको त्यति ठुलो आकाङ्क्षा छैन !

हरेक विषयको सटिक विश्लेषण ! सरकार, राजनीति र समसायिक विषयवस्तुमा खरो विचार राख्छन् डा. सुरेन्द्र केसी । राजनीतिक विश्लेषकको परिचय बनाएका केसी करिब तीन दशकदेखि प्राध्यापन पेसामा सक्रिय छन् । 
 दुई दर्जन पुस्तक र सात सयभन्दा बढी लेख रचना प्रकाशित गरी सकेका डा. केसीसँग टिभी अन्नपूर्णले सरकारका काम कारबाहीका विषयमा गरेको कुराकानीः 


दुर्ई तिहाइ बहुमत प्राप्त सरकारका कामलाई कसरी लिनुभएको छ ? 
यो सरकारका काम पूर्ववत् कमजोर सरकारका भन्दा भिन्न छैनन् । देशमा नयाँपन केही आएन ।

दुई तिहाइको गणितले पनि काम गरेन । 
यो सरकार कमजोर र असफल रह्यो भन्न खोज्नु भएको ?
नयाँपन आएन । त्यति मात्रै भनौंन । सफलता असफलताको लागि अझै ४ वर्षको समय छ ।
शुुसाशन कायम गर्ने, मुलुक संवृद्ध बनाउने, भ्रष्टाचारको अन्त्य आदि गर्छु भन्यो । गरेन । के नयाँ कुरा भयो र । भन्नेले त पहिले पनि भने ।

गरेनन् । अहिले पनि भने गरेनन् ।
सरकार बनेको एक वर्ष भयो । अझै ४ वर्ष बाँकी छ । अहिले नै पूर्ण मूल्याङ्कन गर्ने बेला भइसक्यो र ?
होइन, बिहानीले दिनको सङ्केत गर्छ भन्छन् । अब १ वर्षमा गरेको कामलाई पाँच भाग लगाऔँ न त । कति काम भएको छ ?

केही खास भएको देखिँदैन । यसले के सङ्केत गर्छ भने यस्तै हो भने पाँच वर्षमा पनि यो सरकारले केही गर्न सक्दैन । 
औसतमा राम्रै गरेको सरकारको दाबी छ नि ? 
कसैले म नराम्रो छु । नराम्ररी छु भनेको आजसम्म सुनेको छैन ।
 प्रकृतिले हरेक मान्छेलाई एउटा एउटा अनुहार दिएको छ । प्रत्येकलाई लाग्छ मै राम्रो छु ।

मै ठिक छु । 
तर त्यो सत्य त होइन नि । 


सामाजिक सुरक्षा, पानी जहाज, रोजगार कार्यक्रम यी त सरकारका सकारात्मक काम नै हुन् नि ? 
सामाजिक सुरक्षा शेरबहादुर देउवाले मेरै पालामा भएको हो भन्या छन् । नेपालमा कहीँ पनि पानी जहाज चल्ने देखिँदैन । 
कहाँ चलाउँछन् त पानी जहाज । 
कहाँ देखि कहाँ चल्छ भन्नु पर्‍यो नि ।
मैले त त्यस्तो कहीँ पनि देख्या छैन । त्यस कारणले मैले यो सरकारको कुराकै केही अर्थ बुझिरहेको छैन । 
मेलम्ची नै २० वर्ष भइसक्यो । सिन्को भाँचेको देखिँदैन ।
 त्यस्तो बेलामा थप प्रोजेक्टको के सम्भावना हुन्छ र । 
त्यसको आधारहरू के ? हामीलाई त्यो चाहियो । 
सरकारले केही पनि गरेन भन्ने कसम त खाएको छैनौं नि । 
कामद्वारा उसले हाम्रो मन जित्यो भने त हामीले हार्छौँ । 
 देख्यौँ सरकार यस्तो हुनुपर्छ ।
 हामीले नै भन्छौ त । 
कुलमान घिसिङले बत्ती बाल्या छ ।

कुलमानले केही पनि गरेन भनेर कसले भन्या छ ? 
सत्य के हो भने ७ सय मेगावाट बिजुली हाम्रो यही उत्पादन हुन्छ । 
४ सय मेगावाट बिजुली भारतबाट ल्याएर लोडसेडिङ मुक्त गराएको हो । 
यती हो कुरा । न गोजीबाट दिएको हो ।
 न यो विधिबाट नेपाल कहिले विद्दुतमा आत्म निर्भर हुन्छ । केही पनि हुँदैन नि त ।
 तर मान्छेले त्यो सबै कुरा बिर्से । 
कुलमान कुलमान भनेको छन् । भन्दा र छन् त ।
 चोलेन्द्र शमशेर राणालाई भ्रष्ट भयो भन्थे । फलानो भयो भन्थे ।
 होइन । चोलेन्द्र शमशेर त छन् राणाको पुत्र ।
कामै लाग्दैन भन्थे । होइन त ? अब अहिले कसैले केही भन्छ त ? भन्दैन । 
एउटै एनसेलकोे निर्णय गरेपछि सबै चुप । 


किन त्यही कुर्सीमा बस्ने गोपाल पराजुली त्यति वद्नाम भए ।
 चोलेन्द्र शमशेर चाहिँ त्यति प्रशंसाका पात्र भए त ? केही खास गरेकै छैन ।
तीन जना न्यायाधीशहरूलाई केन्द्रमा तानेर कारबाहीको प्रक्रियामा तान्या छ ।
 त्यसपछि चाहिँ एनशेल प्रकरणलाई निर्णय गरेको छ । यति हो उसले गर्‍या  त । त्यस कारण सरकारले धेरै पनि गर्नु पर्दैन ।
 नेपाली जनताको त्यति ठुलो आकाङ्क्षा पनि छैन । 
के आकाङ्क्षा छ बिचरा । 
मकै, आँटो र भटमास खाएको छ ।
 कोदाको पिठो खाएर बाचेका हामी नेपाली जनता । 
अहिले पनि ६० प्रतिशत नेपाली विदुद्तको पहुँचमा छैनन् ।
 त्यही सङ्ख्याको नेपालीहरू स्वास्थ्यको पहुँचमा छैनन् ।
 धामी, झाँक्री, तन्त्र मन्त्र गरेर नेपालीले आफ्नो जीवन बचाएका छन् । 
त्यस्ता सजिला जनतालाई । ठुलै केही गर्नु पर्दैन । 
जस्तै मुद्दा भत्ताको कुरामा एकचोटी १०० दिने कुरा भयो ।
 मनमोहनको पालामा । हुँदा हुँदै २ हजार दिने कुरा भयो । दिइयो । 
अब वामपन्थीको सरकार हुन्छ । घरघरमा ५ हजार पुराइदिन्छौ । अफिसमा पनि आउनु पर्दैन । भन्या रहिछन् केपी ओलीले । 
जब दिनु पर्ने बेला भयो । अर्थ मन्त्रीले के भने । मागेर चाहिँ वृद्धा भत्ता दिन सकिँदैन । 
यो सामाजिक सुरक्षा र बेरोजगार भत्ता चाहिँ काहाबाट ल्याएर दिन्छौ त फेरि ?
 त्यस कारण मैले भनेको दिने नदिने कुरा पनि उत्पादन र उत्पादकत्व बढाउन पर्‍यो । राज्यलाई बलियो बनाउन पर्‍यो । ढुकुटी बलियो भयो भने त ।
प्रतिफल पाइ हाल्छन् नि । हो यस्तो गँजडी गफ चाहिँ नगर । 
हुन सक्ने कुरा मात्रै गर र व्यवहारद्वारा हो यो पो हो त खड्क ओली ।
 यो पो हो त दुइतिहाई सरकार । 
यो पो हो त कम्युनिस्ट । 
कामद्वारा गरियो भने त्यो अनुभूति मानिसले गर्छन् । 
आम मानिसको सरकार प्रतिको नकारात्मक धारणा बदलिएर जान्छ । त्यस्तो भएन भने त मानिसले टिका टिप्पणी गर्छन् । 
टिका टिप्पणी गरेको कुरालाई पनि पशुपति शर्माले गीत मार्फत प्रहार गरे । साहित्य समाजको दर्पण हो । 
जो पशुपति शर्माले भनेको छ । वास्तवमा अहिलेको सरकारको दर्पण त्यही हो ।
 उनीहरू मान्दैनन् । सत्य त्यही हो ।
त्यसो भए सरकार कता गइरहेको छ ?
भ्रष्टाचार मैत्री देखिन्छ सरकार । 
 भ्रष्टाचार सबैभन्दा प्रिय बस्तु देखिन्छ ।  प्रधानमन्त्री आफैले भन्या छन् भ्रष्टाचार केही पनि भएको छैन ।
दुई चार अर्बको कुरा केही ठुलो कुरा होइन । 
त्यसबारे बोली रहनु आवश्यक छैन ।
जस्तो आशय दिइरहेको छन् । भनेपछि उनी के चाहन्छन् त ?
 दिगम्बर झा हिजो सबै भन्दा भ्रष्ट भन्ने थियो ।
दिगम्बर झालाइ नै प्रधानमन्त्रीले ल्याएर अध्यक्ष बनाएर राखेको छन् । अरू पनि नियुक्ति विवादास्पद छन् ।
दीपक मनाङगे पनि एक दृष्टान्त हुन सक्छन् । 
त्यहाँ भित्र वरीयता, त्याग, दुख पाएका महिला छन् । कार्यकर्ता छन् । छैन भन्ने कुरा त भएन नि ।

तर सांसद त कोमल ओली भइन् । केही कारण त होला नि ।
 के कारण यो सरकारको आँखामा परिन् ।
 जनयुद्धमा जिउ फाल्ने, बलिदान दिने ती मान्छेलाई किराना लगाएर हिजोको बडा हाकिम सांसद हुन्छ भने । वास्तविक कार्यकर्तालाई चाहिँ कस्तो लाग्छ होला ? यस्तै हो अहिलेको सरकार । 
राजनीतिक प्रणाली गलत होला कि प्रणाली भित्रका पात्र ? 
प्रणाली अनुरूप हुनुपर्ने । कार्यको सीमा रेखा बनाउनुपर्ने । 
जस्तै समाजवादी संविधान ।
तर यो भनेका छैनन् कि कस्तो समाजवादी संविधान ।
 पुँजीवादी समाजवाद हो कि । सामन्यवादी समाजवाद ।
 दुई किसिमका समाजवाद हुन्छन् ।
 अर्को कुरा उनीहरूको भनाई र गराइमा अन्तर भयो । गरिबको लागि भनेको छन् । सबैभन्दा आफू नै धनी छन् । भ्रष्टाचार शून्य भनेका छन् । अन्तर्राष्ट्रिय स्तरका भ्रष्टाचारका प्रकरणहरू बजारमै छन् । यो कारण नै यिनीहरूको असफलताको सूत्र हो । प्रणाली भन्दा पनि पात्र बढी दोषी छन् ।
के गर्नु पर्ला त सरकारले ? 
जे कुरा उठायो नि त्यो पुरा हुनु पर्‍यो । हामीलाई पनि विश्वास दिलाउनु पर्‍यो । 
जस्तै पशुपति शर्माको गीतको विवाद । उसलाई बोलाएर यो त आपत्तिजनक भयो । के गरेको बाबु भन्नु पर्ने । अभिभावक जस्तो सरकार त्यसकै पछि लाग्यो । त्यसो गर्नु भएन । 

पशुपतिको गीतका केही शब्द आपत्तिजनक छन् त त्यसो भए ?
आपत्ति मान्नु पर्ने केही छैन । त्यसको मर्म र भावना ठिक छ । 
त्यहाँ प्रयोग भएका शब्दलाई लिएर मलाइ नै भनेको हो भन्ने ठान्नु भएन । नेकपाकै कार्यकर्ता कुकुर त भन्या छैन ।
 प्रधानमन्त्री त एउटा अभिभावक जस्तो व्यक्ति हो । उनले यो नबोल्दा राम्रो हुन्थ्यो । 
मान्छेको अपेक्षा हुन्छ । तर त्यो भएन । प्रधानमन्त्रीले नै त्यो विषयमा बोल्नु भयो । 
दुई तिहाइको सरकार साना साना कुरामा अल्झ्यो ?
हो, यी कुरा उसले रोकेर साध्य नै हुँदैन । 
मण्डलामा विरोध निषेधित क्षेत्र गर्न खोजेको थियो सक्यो त ? सकेन ।
 भोलि सामाजिक सञ्जालमा कडाइ गर्ला । गरेर देखाओस् न । 
अहिलेको विषयमा एक्लै मैले यो गर्छु, त्यो गर्छु भनेर पाइन्छ ?
 त्यो अहिले शसम्भव नै छैन । एक्लै केही पनि गर्न सकिँदैन । 
किनभने अहिलेको ग्लोबल भिलेज हो । 
जता पनि समस्यै समस्या देखाउनु भयो । यी तमाम समस्याको समाधान कसरी गर्न सकिएला ? 
सही मान्छे सही ठाउँमा । अवार्ड र कारबाही । पारदर्शिता लगायत लोकतन्त्रका सात वटा मान्यताको पालना गर्नु पर्‍यो । 
यी सबै तन्तुहरूले मात्रै लोकतन्त्रलाई एकै ठाउँ बाँध्ने गर्छ । 
यो कुनै मध्यको एउटा तन्तुलाई कमजोर गर्नु हुन्छ भने चक्का फुस्किन्छ । 
कसैले पनि भ्रष्टाचार गर्छ भने कारबाहीको दायरामा ल्याउनु पर्छ । ता कि अर्कोले भ्रष्टाचार गर्ने हिम्मत नगरोस् । यही भएर पशुपतिले गाएकै गीत ठिक छ । जति सक्छौ लुट । यो व्यवहारलाई रोक्नु नै प्रजातन्त्रलाई बलियो बनाउनु हो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार