• २०७७ असार २२ सोमबार

भलिबलको मुख्य प्रशिक्षकमा सिंह नियुक्त

नेपालको राष्ट्रिय खेल भलिबलको मुख्य प्रशिक्षकमा प्रज्ज्वलबहादुर सिंह नियुक्त भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले सिंहलाई आज प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

यही असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयअनुसार सिंहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरितपत्रमा उल्लेख गरिएको छ । 

उनी जिल्ला खेलकूद विकास समिति काठमाडौँमा भलिबल प्रशिक्षकका रुपमा कार्यरत थिए । विसं २०५२ मा सिंहले सहायक प्रशिक्षकका रुपमा आफ्नो जागिर शुरु गरेका थिए । सिंह भलिबलका पूर्व खेलाडी समेत हुन् । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । यसअघि सलिना श्रेष्ठ भलिबलको मुख्य प्रशिक्षक थिइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार