• २०७७ असार २२ सोमबार

अस्ट्रेलियामा ठगी आरोपमा पक्राउ पर्ने यी हुन् दुई नेपाली

अस्ट्रेलियामा ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन्।८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ। प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ ।

अस्ट्रेलियाको प्रहरीको वेबसाइटका अनुसार ती वृद्धा महिलालाई उनीहरुले बैंकबाट फोन गरेको भनेर ठगेका थिए। नयाँ अकाउन्ट खोल्नुपर्ने भन्दै उनीहरुले डिपोजिटका लागि ३ हजार डलर र पछि ५ हजार डलर मागेका थिए।प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्राउ गरेको हो। दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । र, अदालतले पनि जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार